एजेन्सी । आगामी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने पक्का भएको छ।
नियमित कप्तान श्रेयस अयरले चोटका कारण आईपीएल गुमाउने भएपछि दिल्लीको कप्तानी ऋषभले गर्ने पक्का भएको हो।
भारतमा जारी इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज दौरान श्रेयसलाई काँधमा चोट लागेको थियो ।
आइपीएल अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।