काठमाडौँ। अनलाइन माध्यमबाट सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौँको भद्रकालीबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४१ वर्षीय प्रेम थापालाई साउन २३ गते साँझ करिब ५:३० बजे काठमाडौँ महानगरपालिका-११ भद्रकाली क्षेत्रबाट पक्राउ गरिएको हो।
शंकास्पद अवस्थामा रहेका थापालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट चार थान मोबाइल फोन र एक थान ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती उपकरणको जाँचका क्रममा ‘वानएक्सबेट’, ‘वानएक्सबेट पार्टनर्स’ र ‘मोबक्यास’ एप्लिकेसनमार्फत सट्टेबाजी गराएको विवरण फेला परेको छ। हालसम्म २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँ २ पैसाभन्दा बढीको कारोबार भएको देखिएको प्रहरीको दाबी छ।
प्रहरीले थापामाथि सट्टेबाजी गर्न वा गराउन नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाएका
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend