Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • होली खेल्ने क्रममा झडप हुँदा मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि


    बुधबार, चैत्र १८ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गलकोट । होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुई जनाको शव आज अन्त्येष्टि गरिएको छ ।

     गत आइतबार बागलुङको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको मृत्यु भएको थियो ।

     उनीहरुको शव सोमबार बुर्तिबाङ शव परीक्षणका लागि लगिएको थियो । शव परीक्षण भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दासम्म परिवार शव बुझ्न मानेका थिएनन् । आज प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् । शव बुझेपछि परम्परागतरुपमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति दोर्ण कुँवरले बताए । दर्लिङ खोलामा कुँवर र दमाईंको अन्तिम दाहसंस्कार गरिएको छ ।

     उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवरलगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाईं सक्रिय कार्यकर्ता हुन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार