काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरुप प्रदान गरेको कोरोनाविरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको स्रोतले बताएको छ । यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति भने तय भैसकेको छैन ।
राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि खोपबारे थप निर्णय लिइने समेत स्रोतले बताएको हाे ।