Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बालाजी ग्लास भन्सारको फन्दामा, कर छलीको आरोपमा पाँच सय प्रतिशत जरिबाना


    बुधबार, चैत्र १८ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कम्पनीले आयात गरेको सिसाको आकार र परिणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि बालाजी ग्लास प्रालिलाई भन्सारले पाँच सय प्रतिशत गरेको छ ।

    कम्पनीले आयात गरेको सिसाको भन्सारमा घोषणा गरेको वस्तुको लागत र परिमाण तथा वस्तुको प्रकारमा फरक देखिएपछि दुई करोड ३९ लाख २० हजार रुपैयाँ भन्दा धेरै जरिबाना गरिएको र यस अघि कर छली गरे नगरेको बारे थप अनुसन्धान भइरहेकाे स्रोतले बताएको छ ।

    आयातकर्ताले कर छली गर्ने उदेश्यका साथ सिसाको मोटाइ ढाँटेकोमा दुई सय प्रतिशत र सिसाको आयात नै फरक जोनमार्फत गरेको अभियोगमा थप तीन सय प्रतिशत गरी पाँच सय प्रतिशत जरिबाना गरिएको भन्सार कार्यालयले जनाएको छ । 

    आयातकर्तामाथि थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार खत्रीको भनाइ छ ।

    बालाजीले घोषणा गरेभन्दा पाँचसय ३५ स्क्वायर मिटर बढी सिसा भन्सार गणकले फेला परेको पाइएकाे छ ।बालाजीले पाँच एमएमको सिसा आयात गरेर भन्सारमा भने चार एमएमको घोषणा गरेको थियाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार