Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा भेटिएको फलाम खानीको उत्खनन सुरू


    बुधबार, चैत्र १८ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन सुरू गरिएको छ।

    गाउँपालिका- १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।

    यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ।

    उनले भने,‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन सुरू गरिएको छ।’

    सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए।

    सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुंगामा फलाम भेटिएको दाबी गरेको छ।

    फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिस दिएर काम सुरू भइसकेको  हो।

    उनले भने,‘चीनका विज्ञ टोली आएर खानी उत्खनन सुरू भएको छ।’

    फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए।

    फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयबासीले रोजगारी पाउने अपेक्षा गरिएको छ।

    उनले भने,‘खानी भेटिएसँगै यहाँका स्थानीयबासीले रोजगारी पाउने सम्भावना पनि छ।’ 

    खानी भेटिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्‍याउने लगायतका काम पनि भइरहेका छन्।

    यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ।रासस   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार