Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलारुसको पोष्टमा बेल्जियमको आठ गोल


    बुधबार, चैत्र १८ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । फिफा विश्वकप छनौट फुटबल अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा बेल्जियमले बेलारुसविरुद्द फराकिलो जित निकालेको छ ।

    बेल्जियमले घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले पराजित गर्दै फराकिलो ज्जित निकालेको हो ।

    बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई दुई तथा  मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरे ।

    एकतर्फी भएको खेलमा दुवै हाफमा समान चार चार गोल भएको थियो। 

    खेलको १४ औं, १७ औं, ३८ औं र ४२ औं मिनेटमा गरि चार गोल भएको थियो भने खेलको ४९ औं, ७० औं, ७६ औं र ८९ औं मिनेटसम्म बेल्जियम ८(० ले विजयी भयो ।

    यस जितसँगै समूह ‘ई’ को बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार