Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सुदूरपश्चिममा २ लाखभन्दा बढीलाई कोरोना विरुद्धको खोप


    मंगलबार, चैत्र १७ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म २ लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । 

    सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल २ लाख २ हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ ।   
        
    अभियानमा प्रदेशमा रहेका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन् । कैलालीमा सबैभन्दा बढी ६३ हजार ३९७ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

    कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार  ५७४, दार्चुलामा १७ हजार १७९, बझाङमा १६ हजार  ९७३, बैतडीमा १६ हजार  १९५, डोटीमा १४ हजार ६९७, बाजुरामा १२ हजार ३२६ र  डडेल्धुरामा ११ हजार २४४ जनाले खोप लगाएका छन् ।

    अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो । 

    सुदूरपश्चिमसहित देशभर नै गत माघ १४ गतेदेखि अभियान शुरू गरिएको थियो । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले लगाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार