काठमाडौं । नेकपा(एमाले)को विद्यार्थी संगठन अखिलको केन्द्रीय सदस्य भएको नाता जोड्दै चार बर्षसम्म सडक विभागको सबैभन्दा आकर्षक ठाउँ एशियाली बिकास बैंक(एडीबी) सडक निर्देशनालयमा बसेका र करोडौं अनियमितताको आरोप लागेका चुडाराज ढकाल वालेन्द्र शाह सरकारमा उल्टै पुरस्कृत हुन दौडधुप गरिरहेका छन् ।स्रोतका अनुसार सडक विभागको महानिर्देशक हुन उनले दौडधुप सुरु गरेका छन् । डा. विजय जैशी सडक विभागको महानिर्देशक भएको दुई बर्ष पूरा भएको छ ।
सामान्यतया २ बर्ष कायम रहनेमा जैशी केहीभित्र पर्दछन् । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जैशीलाई मन्त्रालयमा सरुवा गरी सडक बिभागमा महानिर्देशकको खोजी गरिरहेका छन् ।
वर्तमान पूर्वाधार विकास मन्त्री सुनिल लम्साल २०६८ सालतिर एमालेका कार्यकता थिए । त्यतिबेला उनी रुपन्देही भलबारीस्थित लुम्बिनी इञ्जिनियरिङ कलेजमा एमालेनिकट अखिलबाट स्ववियुको अध्यक्ष भएका थिए । त्यो बेलाको नाता यतिबेला चुडाले जोड्न खोजिरहेका छन् । किनभने चुडा पनि त्यो समयमा एमाले अखिलका केन्द्रीय सदस्य थिए ।
प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको बेला पनि चुडाले त्यही नाता जोडेका थिए । पूर्वाधार विकास मन्त्री जुन पार्टीका हुन्छन्, चुडा त्यही पार्टीको निकट हुने गरेको आरोप छ । त्यसैले उनीमाथि राजनीतिक संरक्षण हुने गरेको छ । यसको फाइदा उठाउँदै उनी विगत चार बर्षदेखि पूर्वाधार विकास मन्त्रालयको सबैभन्दा आकर्षक कार्यालयमा मात्र बसेका छैनन्, त्यही कार्यालमया बसेर खुलेआम अनियमता गर्ने गरेका छन्, तैपनि उनीमाथि कारबाही हुन सकेको छैन । जो सरकार आए पनि उनी उल्टै पुरस्कृत हुने गरेका छन् ।
बालेन सरकारले भ्रष्ट्राचारमा शून्य सहनशीलताको सिद्धान्त अपनाएको देखिन्छ । तर चुडा विभागको महानिर्देशक भए भने यो सिद्धान्तको धज्जी उड्ने निश्चित छ । चुडा पूर्वाधार विकास मन्त्रालयमा कनिष्ठ सहसचिव हुन् । वरिष्ठ सहसचिवहरुलाई पन्छाएर विभागको महानिर्देशक पदमा नियुक्त पाउने दौडमा उनी लागेका छन् ।
चुडाभन्दा बरिष्ठ दुई सहसचिवभन्दा उमेशविन्दु श्रेष्ठ यही भदौबाट अवकाश पाउँदैछन् भने प्रभात झाले राजीनामा गरिसकेका छन् । यसको फाइदा उठाउँदै चुडा महानिर्देशक हुने दौडमा लागेका हुन् । चुडाभन्दा भीमार्जुन अधिकारी, सुशीलबाबु ढकाल, रामहरि पोखरेल, ललिजन खनाललगायतका सहसचिव सिनियर हुन् ।
सबैभन्दा वरिष्ठ सहसचिव भएर पनि भीमार्जुन अधिकारीले डीजी बन्ने मौका पाएका छैनन् । भीमार्जुनलाई एकपटक पनि डीजी बन्ने मौका नदिएर चुडा डीजी बन्ने दौडमा लागेका छन् । चुडालाई बुझेका एक कर्मचारी भन्छन्–‘पावर सेटिङ गर्न, राजनीतिक लाइन मिलाउन उहाँ धेरै नै अगाडि हुनुहुन्छ । त्यसैले उहाँले सधंैजसो अवसर पाउने गर्नुहुन्छ ।’
स्रोत भन्छ– नारायणघाट—बुटवल सडक खण्ड स्तरोन्नतिको काममा पनि चलखेल भएको आशंका गरिएको थियो । । अहिले उक्त सडक निर्माणको काम करिब–करिब पूरा भएको छ । यो सडक लामो समयसम्म स्तरोन्नति नहुँदा स्थानीय जनता तथा यात्रुले निकै ठूलो सास्ती खेपेका थिए ।
मुलुकको अर्थतन्त्रमै नकारात्मक प्रभाव परेको थियो । त्यतिबेला अर्थ मन्त्रालयमार्फत् स्वीकृत हुने निर्माण सामग्री तथा उपकरणको सूची सम्झौता शर्तविपरीत परिवर्तन गरिएको थियो ।
स्रोत भन्छ– त्यतिबेला सूची संशोधनमार्फत् चिनियाँ कम्पनी (चाइना स्टेट कम्पनी)लाई एक अर्ब रुपैयाँभन्दा बढी थप लाभ गराइएको थियो । यसबापत चलखेल भएको आशंका गरिएको छ । त्यतिबेला उनी पटक–पटक चीन भ्रमणमा पनि गएको अभिलेख हेरेमा पुष्टि हुने छ ।
एडीबीको ऋण अनुदानबाट निर्माण भएको मुग्लिन–पोखरा र काँकडभिट्टा–कञ्चनपुर सडक आयोजनामा समेत ढुङ्गा, गिट्टी र बालुवा आपूर्तिमा करोडौं रुपैयाँ बराबरको राजस्व छली गरिएको स्रोतको भनाइ छ । सहजीकरणको नाममा स्थानीय तहका केही जनप्रतिनिधिसँग मिलेमतो गरिएको थियो ।
ढकालले यतिसम्म अनियमितता गरेका छन् कि, मुग्लिन–पोखरा सडकमा विद्युत पोल सार्ने क्रममा नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा फेरि प्रयोग गर्न मिल्ने पोल र तारमा समेत नयाँ खरिद देखाएर राज्यको खर्च बढाएका छन् ।
आफूले लिएको कमिसन मन्त्री र सचिवलाई समेत बुझाउनुपर्छ भन्ने गरेका छन् । यसको ज्वलस्त उदाहरण हो, केही बर्षअघि मन्त्रालयमा चर्चित भएको अडियो प्रकरण ।
परामर्शदाता कम्पनी इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्ट (इआरएमसी) का प्रतिनिधि उद्धव चौलागाईंसँग ५ करोड रुपैयाँ मागिएको अडियो प्रकरण त्यतिबेला मन्त्रालयमा चर्चाको विषय बनेको थियो । यो विषयमा अहिले पनि पूर्वाधार विकास मन्त्रालयका उच्च कर्मचारीहरु जानकार छन् ।
त्यस अडियोमा उनले पूर्व प्रधानमन्त्री माधव नेपाल, तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सचिव केशवकुमार शर्मा लगायतलाई कमिसन बुझाउनुपर्छ भनेको सुनिन्छ । उक्त अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको थियो । जिल्लाबासी र पार्टीको नाता जोडेर अख्तियारसम्म ढकालले यो विषय मिलाएका थिए । स्रोत भन्छ, राष्ट्रिय गौरवका आयोजनालई ढकालले कमिसनको माध्यम बनाउने गरेका छन् ।
कर्मचारी सरुवामा समेत उनले आफ्नो इन्ट्रेस्ट देखाउने गरेको आरोप छ । एडीबीको ऋण अनुदानमा स्तरोन्नति भएका सडक आयोजनाहरुमा उनले नियमविपरीत आफू निकट कर्मचारीलाई सरुवा गर्ने गरेका छन् । आफूनिकट केही कर्मचारीहरुलाई उनले लामो समयदेखि पुरानै कार्यालयमा राख्ने गरेका छन् ।
महानिर्देशकको दौडमा लाग्नुभएको हो र भन्ने नेपालफेसको प्रश्नमा एडीबी सडक निर्देशनालयका प्रमुख ढकालले भने–‘म महानिर्देशकको दौडमा छैन ।’
एडीबी सडक निर्देशनालयका प्रमुख सहसचिव चुडाराज ढकालले नेपालफेस डटकमले आफूबिरुद्ध लगाएका र लेखेका कुराहरु सबै सतप्रतिशत आधारहीन भएको बताएका छन् । एउटा पनि आरोप पुष्टि गर्न पनि उनले चुनौती दिएका छन् । र, एडीबी सडक आयोजनामा कार्यरत रहेदेखि आफूले पारदर्शीता र नियम कानुन अनुसार नै काम गरेको बताएका छन् । ऐन–कानुनलाई अनुशरण गरी काम गर्दागर्दै पनि आफूबिरुद्ध आधारहीन आरोप लगाउनेहरुलाई अपराध लाग्ने उनको भनाइ छ ।
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend