Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वसन्तपुर क्षेत्रका अनधिकृत पसल हटाउन महानगरपालिकाद्धारा माइकिङ


    मंगलबार, चैत्र १७ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन माइकिङ गरिएको छ ।

    पुरातत्व विभागलाई मौखिक र लिखित रुपमा उक्त स्थान खाली गराउन आग्रह गर्दा पनि ढिलासुस्ती गरेका कारण बाध्य भएर माइकिङ गरिएको स्रोतले बताएको छ । 

    वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन् । हामीले उहाँहरुले आफैं हटाउन भनेका छौं । मान्नु भएन भने हामी हाम्रो ढंगबाट अघि बढ्छौँ ।’ स्रोतले भन्याे 

    सम्पदा बचाउने सबै भन्दा जिम्मेवार निकाय पुरातत्व रहेको र विश्व सम्पदा सूचीमा सूचीकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने भन्दै मेयरको निर्देशन अनुसार नै प्रक्रिया अघि बढाएको स्रोतको भनाइ छ ।

    काठमाडौं महानगरपालिकाकाले गत माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो । त्यसपछि अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाएको थियो ।

    ‘महानगरपालिकाले पठाएको पत्र प्राप्त भएपछि हामीले प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेका छौँ ‘त्यो क्षेत्र हनुमान ढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको र पर्यटन सचिव त्यसको प्रमुख हुने भएकाले हामीले उहाँहरुसँग समेत समन्वय गरेर आज–भोलि नै बैठक बसी तत्काल समाधानको प्रयास गर्ने तयारी गरेकाे  स्रोतले बताएको हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार