Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सुडानमा अज्ञात समूहको आक्रमणमा परी १४ को मृत्यु, ७ घाइते


    मंगलबार, चैत्र १७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। सुडानमा भएको घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । 

    देशको पूर्वी क्वाटोरिया राज्यमा पर्ने बुडी काउन्टीमा घटना भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । 

    स्थानीय समय अनुसार आइतबार दिउसो १ बजेतिर घटना भएकोसञ्चार सचिव अलियन्ड्रो लोटोकले बताए । 

    आक्रमणकारीहरू को हुन् भन्ने बारेमा अहिलेसम्म केही पहिचान हुन नसकेको पनि उहाँले जानकारी दिए ।   

    मानिसहरू सुतिरहेका बेलामा आक्रमण भएको प्रारम्भिक अध्ययनबाट देखिएको अधिकारीहरूको भनाइ छ । घटनामा परी मृत्यु भएकामध्ये १२ जना महिला र दुई जना बालबालिका रहेका छन् ।

    स्थानीय अधिकारीहरूले समेत आक्रमण के कारणले भएको थियो भन्ने बारेमा एकीन हुन नसकेको बताएका छन् ।

    घटनाका बारेमा अनुसन्धान भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूले घटनाको घोर निन्दा समेत गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार