काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतलाई घुस दिएकाे आराेपमा उमानाथ खतिवडा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा साेमबार मुद्दा दायर गरेको छ ।
बस्नेतमार्फत झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि बैंकको खातामा पटक-पटक गरी सैतीस लाख पचास हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आराेपमा उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हाे ।
राष्ट्रसेवक कर्मचारी सुलाई घुस दिने उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसारको दण्डनीय भएकाे हुँदा सजायकाे माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालतमा, मुद्दा दायरकाे गरेकाे अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।