Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्थामा


    सोमबार, चैत्र १६ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुराको धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।

    विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको स्रोतले बताएकाे छ । 

    उक्त विद्यालयमा अध्ययनरत करिब एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन्। 

    विद्यार्थीमा रूघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको र दैनिक रूपमा २० जना बढी बिरामी हुने गरेको स्रोतले बताएकाे छ । बिरामी भएका विद्यार्थी घरबाट नआउने भएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको स्रोतले जानाकारी दिएकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार