Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कञ्चनपुरमा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु


    बिहिबार, असार ३२ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कञ्चनपुरमा श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु भएको छ।

    दोधाराचाँदनी नगरपालिका-१० का ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट उनकी पत्नी ४२ वर्षीया पारु सुनारको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार दिउँसो श्रीमान्–श्रीमतीबिच विवाद भएको थियो।

    स्थानीयका अनुसार पारुलाई कुटपिटपछि अस्पताल लगिए पनि उपचार नै नगरी बुधबार नै घर ल्याइएको थियो। सुनार दम्पतीबिच पहिलेदेखि नै पटकपटक झगडा हुने गरेको स्थानीयले बताएका छन्।

    प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिइ  घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार