Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्षसहित सात जना पक्राउ 


    बुधबार, असार ३१ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका नेकपा (एमाले) निकट अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

    बुधबार बिहान सिंहदरबार पुगेका अनेरास्ववियुका अध्यक्षसहित सात जनालाई प्रहारीले पक्राउ गरेको हो।उनीहरूले पर्चा पम्प्लेटसहित दक्षिण गेटमा प्रदर्शन गरेका छन्।

    उनीहरूमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

    पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेता रहेका छन्। उनीहरूलाई सिंहदरबार वृत्तिमा राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार