काठमाडौं । मिडिया हाउसहरुको गेटमा गाडी तेस्र्याउने कार्यको सर्बत्र निन्दा र भत्सर्ना भएको छ । सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर, हिमालय टीभी लगायतका मिडियाका कार्यालयको गेटमा गाडी पार्किङ गरी कार्यालयभित्रबाट सवारीसाधन आवतजावतमा अवरोध गरिएको थियो ।
मिडियाका अफिसमा मात्र होइन, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवासको गेटमा समेत गाडी राखिएको थियो । यी गाडी पार्किङ गरी मिडियामाथि त्रास सृजना गर्न खोजिएकोमा राजनीतिक दलका नेतादेखि सबैले बिरोध गरेका छन् ।
नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले संचारगृहमा गरिएको अवरोध अनि संचारकर्मीमाथिको मानसिक त्रासले बोल्ने, लेख्ने र प्रश्न गर्नेहरू चुप नलाग्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्–‘संचारगृहमा गरिएको अवरोध अनि संचारकर्मीमाथिको मानसिक त्रासले बोल्ने, लेख्ने र प्रश्न गर्नेहरू चुप लाग्ने छैनन् । आजको घटना राज्यको मण्डलेकरणको भद्दा अनुकरण मात्र हो । टिक्ने छैन ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend