काठमाडौं । गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठको दबाबमा कक्षा १२ को उत्तरपुस्तिका परीक्षणका बारेमा अध्ययन गर्न कार्यदल गठन भएको ढिलागरी पत्ता लागेको छ ।
अघिल्लो साता सार्वजनिक भएको कक्षा १२ को नतिजाप्रति गृहसचिव राजकुमार श्रेष्ठकी छोरीको असन्तुष्टि रहेको थियो । त्यस विषयलाई लिएर गृह सचिव श्रेष्ठले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेललाई कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्न लगाउन दबाब दिएका थिए ।
सचिवले एकाध ब्यक्तिका लागि परीक्षण गराउन लगाउन नसक्ने भन्दै अटेर गरेपछि श्रेष्ठले गृहमन्त्री सुधन गुरुङमार्फत् शिक्षामन्त्री सस्मित पोखरेललाई पनि दबाब दिन लगाएको पत्ता लागेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सूत्रका अनुसार गृहसचिव श्रेष्ठले आफ्नी छोरीको नतिजालाई लिएर अनावश्यक कार्यदल गठन गर्न लगाएको भन्दै बोर्डभित्र असन्तुष्टि पैदा भएको छ ।
‘शिक्षामन्त्रीले अनावश्यक रूपमा कार्यदल गठन गरे । यसले गर्दा हामीहरूको नतिजा प्रकाशनसम्बन्धी प्रणाली खत्तम रहेको सन्देश गएको छ । यसले हामीलाई राम्रो गरेन’ सूत्रले भने । शिक्षामन्त्रीको आदेशमा तीन सदस्यीय कार्यदल गठन भएको थियो र त्यसले अध्ययन गरिरहेको छ ।
त्यसमा एक जना शिक्षा मन्त्रालयका उपसचिव, अर्का शिक्षा तथा मानव स्रोत विकास केन्द्रका र अर्का पाठ्यक्रम विकास केन्द्रका उपसचिव रहेका छन् ।
गृहसचिव श्रेष्ठ शिक्षा सेवाका कर्मचारी थिए । उपसचिव हुँदा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेपछि उनी प्रशासन सेवातर्फ प्रवेश गरेका थिए । उनी विगतमा जिल्ला शिक्षा अधिकारीसमेत भएका थिए ।
गृहसचिव श्रेष्ठले शिक्षा मन्त्रालयले सहयोग नगर्ने भएमा आफूले राष्ट्रिय अनुसन्धानलाई प्रयोग गरी उत्तरपुस्तिका छानबिन गर्नेसमेत भन्दै हिँडेका थिए । त्यसबीचमा नतिजालाई लिएर विभिन्न राजनीतिक दल आबद्ध विद्यार्थी संगठनले विद्यार्थीहरूलाई माइतीघरमा उतारेर आन्दोलन चर्काइएको थियो । यता यो आन्दोलन र उता गृहसचिवको दबाबले कार्यदल गठन गर्नुपर्ने परिस्थिति सिर्जना भएको थियो ।
कक्षा १२ को नतिजामा प्राविधिक त्रुटि भएको र ग्रेडिङ प्रणालीमा समस्या देखिएको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएपछि पनि शिक्षामन्त्री सस्मित पोखरेल र परीक्षा बोर्डले अस्वीकार गर्दैआएका थिए । तर पछि गृहसचिवको दबाब र आन्दोलनसमेत भएपछि कार्यदल गठन गरिएको थियो ।
यसैबीचमा कक्षा १२ को नतिजामा एनजी ल्याएका १८ हजार दुई सय परीक्षार्थीले रिटोटलिङका लागि आवेदन दिएकोमा तीमध्ये १२७ जनाको नतिजा सुधार भएको पाइएको छ ।
गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठले आफ्नो छोरीले १२ कक्षामा परीक्षा दिएको स्वीकार गरेका छन् । तर उत्तरपुस्तिका पुुनर्योग गर्न दबाब दिएको कुरा भने अस्वीकार गरेका छन् । उनले भने–‘मैले कसरी दबाब दिन मिल्छ ? बिद्यार्थी आन्दोलन भएपछि कार्यदल गठन भएको हो । मसँग शिक्षामन्त्रीको फोन नम्बर त छैन कसरी दबाब दिनु ?’ गृहमन्त्री सुधन गुरुङमार्फत् दबाब दिनुभयो भन्ने आरोप छ नि भन्ने प्रश्नमा सबै गलत भएको बताए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend