काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रबर्तन मन्त्री महावीर पुनले ‘नेपालीहरु अटेरी छन्, ट्राफिक नियम उल्लघंन गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना लगाउनुपर्छ’ भन्ने अभिब्यक्ति विवादमा परेपछि फिर्ता लिएका छन् । र, एक बर्षसम्म मिडियासँग नबोल्ने घोषणा गरेका छन् ।
पठाओ चलाएर जीवीकोपार्जन गर्दैआएका मुगुका गणेश नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरका प्रहरीले ह्वीललक गरेपछि उनले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी बिभागको मूलगेटमा आफ्नो शरीरमा आफैं आगो लगाएर आत्मदाह गरेका थिए । पठाओ चलाएर परिवारको भरणपोषण गर्दैआएका नेपालीले जरिवाना तिर्नुपर्ने भएपछि आत्मदाह गरेका थिए ।
आत्मदाह गरेपछि वीर अस्पतालमा लगिएका नेपालीलाई चिकित्सकले शुक्रबार मृत घोषणा गरेका थिए । मृत घोषणा गरिएका नेपालीको अवस्था बिहीबार राति नै चिन्ताजनक थियो । उनलाई बचाउन नसक्ने जनाउ चिकित्सकहरुले सरकारका जिम्मेवार अधिकारीलाई दिइसकेका थिए । तर सरकारले लाज बचाउन र संभावित बिरोध मथ्थर पार्न भारतमा उपचार गर्न लाने भनेर मिडियामा समाचार प्रवाहर गरायो । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुधन गुरुङले विमान तयार गरेको स्टन्टबाजी समेत गरेका थिए ।
सरकारका मन्त्रीहरुको स्टन्टबाजी र नेपाली नागरिकका बारेमा दिएका अशिष्ट अभिब्यक्तिको चौतर्फी बिरोभ भइरहेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार करोडपति अरबपतिहरुको मात्र भएको तर गरिब गणेश नेपालीहरुको पक्षमा नभएको उल्लेख गर्दै गृहमन्त्रीले स्टन्टबाजी गरेको बताएका थिए ।
पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले मन्त्रीहरुका विवादित अभिब्यक्तिलाई लिएर चिन्ता प्रकट गरेका छन् । उनले सामाजिक संजालमा मन्त्रीमा विनयशीलता फिटिक्कै नदेखिएकोमा चिन्ता प्रकट गरेका हुन् । खनालले गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रबिधि मन्त्री महावीर पुनको अभिब्यक्तितर्फ संकेत गर्दै लेखेका छन्–जे भैरहेको छ, सबै ठीक भएको छैन ! उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन । स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो। तर केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन !!!
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend