काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनालसहित २७ जनाविरुद्ध सरकारी अभिलेखमा गैरकानुनी हेरफेर, गलत लिखत तथा प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार काठमाडौँ जिल्ला, साविक साँग्ला गाविस-९ अन्तर्गतका निजी गुठीका जग्गासम्बन्धी अभिलेखमा ‘गुठी’ सम्बन्धी विवरण हटाई सरकारी कागजात सच्याउने, केरमेट गर्ने तथा गलत विवरण समावेश गरी रैकर कायम गराइएको आरोपमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा जग्गाधनी दर्ता श्रेस्ताको विवरणमा हेरफेर गरिएको, विद्युतीय अभिलेख संशोधनमार्फत निजी गुठीको विवरण हटाइएको तथा त्यसपछि नामसारी, दर्ता र राजीनामा लिखत पारित गरी जग्गाको कारोबार गरिएको तथ्य खुलेको आयोगले जनाएको छ।
यस प्रकरणमा तत्कालीन कार्यालय प्रमुख खनालसहित मालपोत कार्यालयका विभिन्न कर्मचारी तथा अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न कसुरमा कैद, जरिवाना तथा कानुनबमोजिमको सजायको माग दाबी गरिएको छ।
आयोगले सरकारी कागजातमा गैरकानुनी हेरफेर, गलत लिखत र प्रतिवेदन तयार गरी भ्रष्टाचार भएको निष्कर्षसहित शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend