Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनले अनुदानमा दिने भनेको कोरोनाबिरुद्धको खोप भोली नेपाल आइपुग्ने


    आइतबार, चैत्र १५ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। चीनले अनुदानमा दिने  भनेको आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप भोलि नेपाल आइपुग्ने भएकोछ ।
     खोप लिनका लागि चार्टर विमान आइतबार बिहान चीन जाने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    चीनले १८ माघमा तीन लाख खोप सहायता गर्ने बताए पनि १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।नेपालले हालसम्म २३ लाख डोज खोप प्राप्त गरेको छ ।

    भारतले १० लाख डोज अनुदान दिएको थियो भने कोभ्याक्स सुविधामार्फत २२ लाख घोषणा गरेको भएपनि ३ लाख ४८ हजार डोज प्राप्त भएको छ । त्यसैगरी सरकारले सिरमसँग २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेको भएपनि १० लाख मात्र प्राप्त भएको छ ।

    अनुदान तथा खरिद गरिएको खोप समेत गरेर हालसम्म प्राप्त जम्मा २३ लाख ४८ हजार डोज खोप मध्ये १६ लाख ७३ हजार डोज खोप प्रयोगमा आएको छ । त्यसैगरी ६ लाख ७४ हजार प्रयोगमा आउन बाँकी छ भने चिनियाँ अनुदानको ८ लाख डोज खोप आउन बाँकी रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार