काठमाडौं । संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिनुभयो ।
उहाँले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने उल्लेख गर्दै सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत् अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । साथै, महिला प्रहरीको सहभागिता वृद्धि, समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानूनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
उहाँले शान्ति र सुरक्षाका साझा चुनौतीहरूको प्रभावकारी समाधानका लागि सदस्य राष्ट्रहरूबीच विश्वास, समन्वय र साझेदारी अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै, सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणमा सबै राष्ट्रहरू एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो ।
नेपाल प्रहरीको तर्फबाट प्रस्तुत उक्त सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सुरक्षा दृष्टिकोण, व्यावसायिक क्षमता तथा विश्व शान्तिप्रतिको दृढ प्रतिबद्धतालाई प्रभावकारी रूपमा उजागर गरेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend