काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बयान लिएको छ । महानिरीक्षक कार्कीलाई सोमबार आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा उपस्थित गराएर बयान लिएको हो ।
भदौ २३ गतेको जेनजी आन्दोलनकै दिन तत्कालीन केपी ओली सरकारले उनालई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको थिया । २४ गते उनी उपत्यकाको कमाण्ड सम्हालिसकेपछि आन्दोलनका नाममा विध्वंस भएको थियो । यतिसम्म कि उनले ठूलो संख्यामा प्रहरी हुँदाहुँदै पनि उपत्यका प्रहरी कार्यालय रानीपोखरीको भवनसमेत जोगाउन सकेनन् । त्यहाँ भएका थुप्रै हतियार लुटिएका थिए ।
महाराजगंज बृत्तमा प्रहरी भवन आगो लागेर भित्रै जल्ने भएपछि हेलिकोप्टरमार्फत् उद्दार गरिदिन आग्रह गर्ने परिस्थितिमा पनि उनीहरुलाई बचाउने प्रयत्न गरिएको थिएन । सेनाको हेलिकोप्टरबाट उनीहरुलाई बल्लतल्ल बचाइएको थियो ।
भदौ २४ गतेको बिध्वंशका दिन उपत्यकाको कमाण्ड सम्हालेर काठमाडौंसहित तीनै जिल्लाका प्रहरी चौकी जोगाउन नसकेका कार्की कात्तिक २४ गते आइजीपी नियुक्त भएका थिए । कार्कीसँग आयोगले भदौ २३ गते एकै दिन ७६ जना युवाको हत्या हुनुका पछाडि प्रहरीको भूमिका, भदौ २४ गतेको विध्वंस नियन्त्रण हुन नसक्नुको कारणबारे सोधपुछ गरेको छ ।
आयोगका प्रवक्ता विज्ञान शर्माले कार्कीको बयान अझै बाँकी रहेकाले मंगलबार पनि जारी रहने सार्वजनिक प्रतिक्रिया दिएका छन् । आयोगले यसअघि तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङसँग बयान लिइसकेको छ ।
त्यसैगरी, आयोगले यसअघि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग बयान लिइसकेको छ । भदौ २३ र २४ गतेको घटना हुँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि आयोगले बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगले ओली र लेखकलाई उपत्यका नछाड्नेगरी स्थानहद गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend