काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बयान लिएको छ । महानिरीक्षक कार्कीलाई सोमबार आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा उपस्थित गराएर बयान लिएको हो ।
भदौ २३ गतेको जेनजी आन्दोलनकै दिन तत्कालीन केपी ओली सरकारले उनालई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको थिया । २४ गते उनी उपत्यकाको कमाण्ड सम्हालिसकेपछि आन्दोलनका नाममा विध्वंस भएको थियो । यतिसम्म कि उनले ठूलो संख्यामा प्रहरी हुँदाहुँदै पनि उपत्यका प्रहरी कार्यालय रानीपोखरीको भवनसमेत जोगाउन सकेनन् । त्यहाँ भएका थुप्रै हतियार लुटिएका थिए ।
महाराजगंज बृत्तमा प्रहरी भवन आगो लागेर भित्रै जल्ने भएपछि हेलिकोप्टरमार्फत् उद्दार गरिदिन आग्रह गर्ने परिस्थितिमा पनि उनीहरुलाई बचाउने प्रयत्न गरिएको थिएन । सेनाको हेलिकोप्टरबाट उनीहरुलाई बल्लतल्ल बचाइएको थियो ।
भदौ २४ गतेको बिध्वंशका दिन उपत्यकाको कमाण्ड सम्हालेर काठमाडौंसहित तीनै जिल्लाका प्रहरी चौकी जोगाउन नसकेका कार्की कात्तिक २४ गते आइजीपी नियुक्त भएका थिए । कार्कीसँग आयोगले भदौ २३ गते एकै दिन ७६ जना युवाको हत्या हुनुका पछाडि प्रहरीको भूमिका, भदौ २४ गतेको विध्वंस नियन्त्रण हुन नसक्नुको कारणबारे सोधपुछ गरेको छ ।
आयोगका प्रवक्ता विज्ञान शर्माले कार्कीको बयान अझै बाँकी रहेकाले मंगलबार पनि जारी रहने सार्वजनिक प्रतिक्रिया दिएका छन् । आयोगले यसअघि तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङसँग बयान लिइसकेको छ ।
त्यसैगरी, आयोगले यसअघि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग बयान लिइसकेको छ । भदौ २३ र २४ गतेको घटना हुँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि आयोगले बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगले ओली र लेखकलाई उपत्यका नछाड्नेगरी स्थानहद गरेको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend