Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त


    सोमबार, कार्तिक २४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

    विद्यमान महानिरीक्षक चन्द्रबहादुर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन् ।

    आईजीपीका लागि चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) दाबेदार थिए ।

    एआईजीहरु दानबहादुर कार्की, राजन अधिकारी, मनोजकुमार केसी, सिद्धिविक्रम शाह आईजीपीका दाबेदार रहेका थिए । तर सरकारले ज्येष्ठता, कार्यक्षमता र अनुभवका आधारमा एआईजी दानबहादुर कार्कीलाई नै नियुक्त गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार