काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित सीमा इलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले २३ लाख रुपैयाँ बराबरको काठसहित गाडी नियन्त्रणमा लिएको छ ।
साथै उक्त काठ लैजान लागेका गोरखा जिल्ला घर बताउने अन्दाजी ३५ बर्षीय डोरबहादुर उपरकोटी र भारत घर बताउने अन्दाजी २८ बर्षीय मुकेश शर्मा छन् ।
नेपालबाट अवैध रुपले प्र. २–०४–००१ च ००९३ नम्बरको पिकअप गाडीमा राखेर भारततर्फ लैजान लागेको एक सय क्यूफिट काठ र एक थान बक्स पलङसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरादम काठ तथा गाडीसहित आवश्यक कारबाहीका लागि डिबिजन वन कार्यालय लालबन्दी सर्लाहीमा बुझाइएको छ ।
यसैगरी सोही जिल्लाको हरिपुर नगरपालिका–३ धनकौलाबाट असार २१ गते करीव ९७ लाख २० हजार रुपैयाँ बराबरको कत्ताकपडा बरामद गरिएको छ ।
सोही ठाउँको कपडा पसलमा उक्त लत्ताकपडा अवैध रुपले लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा र जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend