काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित सीमा इलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले २३ लाख रुपैयाँ बराबरको काठसहित गाडी नियन्त्रणमा लिएको छ ।
साथै उक्त काठ लैजान लागेका गोरखा जिल्ला घर बताउने अन्दाजी ३५ बर्षीय डोरबहादुर उपरकोटी र भारत घर बताउने अन्दाजी २८ बर्षीय मुकेश शर्मा छन् ।
नेपालबाट अवैध रुपले प्र. २–०४–००१ च ००९३ नम्बरको पिकअप गाडीमा राखेर भारततर्फ लैजान लागेको एक सय क्यूफिट काठ र एक थान बक्स पलङसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरादम काठ तथा गाडीसहित आवश्यक कारबाहीका लागि डिबिजन वन कार्यालय लालबन्दी सर्लाहीमा बुझाइएको छ ।
यसैगरी सोही जिल्लाको हरिपुर नगरपालिका–३ धनकौलाबाट असार २१ गते करीव ९७ लाख २० हजार रुपैयाँ बराबरको कत्ताकपडा बरामद गरिएको छ ।
सोही ठाउँको कपडा पसलमा उक्त लत्ताकपडा अवैध रुपले लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा र जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend