Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गैरकानुनी सम्पत्ति आर्जन गर्ने गाउँपालिका अध्यक्ष गुप्ताबिरुद्ध मुद्दा दायर, साढे ३ करोडभन्दा बढी बिगो दाबी


    सोमबार, असार २२ २०८३
    570
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता र उनका परिवारका सदस्यहरुका बिरुद्ध भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेकोमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    गुप्ताका बिरुद्ध ३ करोड ५१ लाख ५२ हजार ६ सय २० रूपैयाँ अठासी पैसा बिगो माग दाबी गर्दै सोमबार आयोगले मुद्दा दर्ता गरेको हो ।

    गुप्ताले पाल्हीनन्दन गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरेको थियो ।

    अध्यक्ष गुप्ताले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति एकासगोल परिवारको नाममा समेत रहेको देखिंदा गुप्ता र उनको बुबा बंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ता उपर पनि मुद्दा दर्ता गरेको छ ।

    गुप्तासँग बिगो माग दाबी गरिए पनि परिवारका सदस्यहरुलाई भने सम्पत्ति जफतको प्रयोजनका लागि मात्र मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार