काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलवार बेलुका १७:३० बजे कार्गो कम्प्लेक्स भवनमा जाँच गर्ने क्रममा उक्त अवैध सामग्री बरामद गरिएको हो।
पक्राउ पर्नेहरूमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् । एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको ‘मेनिफेस्ट नं।एएमएस एपी ३२१ भएको कार्गो बाकसमा जुत्ता, पाइन्ट, सारी र अन्य कपडा फेला परेको हो।
प्रहरीले सुनको गहनाहरू नौगेडी, चन्द्रमा, जन्तर, सिंगल र डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अङ्कित ब्रोच, खुकुरी आकारको ब्रोच, मङ्गलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल बरामद गरेको छ ।
त्यस्तै चाँदीको गोलो र चारपाटे नेकलेस, काँडावाला चुरा, यार्लिङसहितको शिरबन्दी सेट, झुम्का, तिलहरी र सिक्री बरामद गरिएको छ । सुवेदी युनिक कार्गोका सञ्चालक हो भने, दाहाल एपेक्स लजिस्टिक प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै व्यक्ति र बरामद गहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको सिलवालले जानकारी दिए ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend