Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्याक्टरबाट खसेर युवकको मृत्यु


    शनिबार, चैत्र १४ २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा। गोरखा नगरपालिका–१० स्थित छेपेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर आज स्थानीयवासी एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा ३१ वर्षका डिलबहादुर नेपाली रहेको जानकारी दिनुभयो ।

    बाह्रकिलो बजारबाट दिउँसो छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको आफँै चढेको ट्याक्टरबाट खसेर नेपालीको घटनास्थलमै मृत्यु भएको उहाँको भनाइ छ ।

    ट्याक्टरबाट खसे लगत्तै सोही ट्याक्टरको पछाडिको भागले नेपालीलाई च्यापेको थियो । ट्रयाक्टरको ट्रलीबाट खस्दा उनको टाउँकोमा गम्भीर चोट लागेको थियो । घटनापछि ट्याक्टर र चालक उज्ज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताउनुभयो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार