काठमाडौं। पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ ।
वायु प्रदूषणका कारण आज पनि विहानैदेखि त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित भएको छ ।प्रदूषण का कारण भिजिबिलिटी कम भएकोले आज हुने सबै उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
विमानस्थल टावर कन्ट्रोलका अनुसार उडानको लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित भएको छ ।सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेका थिए भने शनिबार विमानस्थल ठप्प छ ।