काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।
गत फागुन १४ गतेदेखि मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका जोशीको आज राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनुभएकोछ ।
जोशीको स्वास्थ्य समस्या देखिएपछि उहाँलाई गत फागुन १४ गते वीर अस्पताल लगिएको र वीर अस्पतालबाट उहाँलाई नर्भिक अस्पतालमा रेफर गरेको थियो ।