काठमाडौं । नेपाल स्काउटका कार्यकारी निर्देशक अर्पण कार्कीले सरकारमाथि थप दबाब बढाउन प्रदेश प्रमुख आयुक्तहरुको भेला बोलाएका छन् ।
सातवटै प्रदेशका प्रमुख आयुक्तहरुको भेला शुक्रबार र शनिबार ककनीमा आयोजना गरिएको छ । फिनल्याण्डको सहयोगमा संचालित परियोजनाको समीक्षा तथा प्रतिवेदनलाई अन्तिम रुप दिने नाममा कार्कीले भेला डाकेका हुन् । उक्त परियोजनाको नाममा कार्यक्रम आयोजना गरिए पनि मूलतः उनले बिभागीय मन्त्री शिक्षा तथा खेलकुद तथा प्रमुख स्काउट सस्मित पोखरेल र मन्त्रालयप्रतिको आफूप्रतिको धारणा परिवर्तन गर्न दबाब दिनु हो ।
मन्त्रालयले नेपाल स्काउटमा देखिएको बेथिति र आर्थिक अनियमितताको बिषयका कारण मन्त्रालय र नेपाल स्काउटबीचको दूरी पछिल्लो समय बढ्दै गएको छ । त्यसमाथि उनकै नियुक्ति बैधानिकता र प्रशासकीय अधिकृत सन्तोष चौहानका बिषयमा मन्त्रालयले छानबिन गर्ने संकेत पाएपछि कार्की अत्तालिएका हुन् । कार्कीको नियुक्तिको बैधानिकताको बिषयमा मन्त्रालयमा उजुरी परेको र तत्कालीन सचिव लोकनाथ पौडेललाई प्रभावमा रोकेको आरोप छ ।
नेपाल स्काउटको अतिथि कक्षसहित चमेनागृह(क्यान्टिन) ककनीमा संचालित छ । सयौं रोपनीमा फैलिएको स्काउटको उक्त आवास गृह र चमेनागृहको करोडौं मासिक आम्दानी हुने गरेको भएता पनि कार्की र चौहान मिलेर अपारदर्शी रुपमा अनियमितता गरेको आरोप छ । मिलेमतोमा उठ्नुपर्ने बक्यौता असुल नगरिएको छ ।
आफ्नै सम्पत्तिको संरक्षण गर्न नसकेको नेपाल स्काउटको कार्यकारी नेतृत्वलाई जोगाउनका लागि प्रदेशका प्रमुख आयुक्तहरु बिहीबार नै विमानबाट काठमाडौंबाट आउँदैछन् । ककनीमा कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारी, मधेस प्रदेशका दिनेश यादव, बागमतीका शिव तोयाना, गण्डकीका सागर पौडेल, लुम्बिनीका दिनानाथ भट्टराई, कर्णालीका कमल बोहरा र सुदूर पश्चिमका नरेन्द्र थापा सहभागी हुनेछन् ।
लुम्बिनी प्रदेशका प्रमुख दिनानाथ भट्टराई निकट स्रोतका अनुसार भेला जुन नाममा आयोजना गरिएको भए पनि कार्यकारी निर्देशक चौहानले आफ्नो पद सुरक्षित गर्नका लागि गुहार माग्न खोजेका हुन् । सातवटै प्रदेशका प्रमुख आयुक्तहरुलाई पत्र र फोनमार्फत् अनिवार्य रुपमा उपस्थित हुन निर्देशक कार्कीले उर्दी जारी गरेका छन् । राष्ट्रिय कार्यसमितिको बिघटन र प्रमुख आयुक्तसमेत नभएको मौका छोपी करोडौंको फिनल्याण्डको प्रोजेक्टमा गरेको अनियमितता छोप्न भेला बोलाएर साक्षीका रुपमा राख्न खोजिएको आरोप कार्की र चौहानमाथि लागेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend