Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह


    शुक्रबार, चैत्र १३ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको आकाशमा वायु प्रदूषण देखिएपछि शुक्रबार विज्ञप्ति निकाल्‍दै  स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

    मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुल्ला स्थानमा नबसौं, नखेलौ, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौँ ।

    मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ ।

    ‘घर बाहिर निस्कै परे अनिवार्य मास्क प्रयोग गरौं’ मन्त्रालयले भनेको छ, ‘ कोभिड-१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौ/गराऔ ।’

    यस्तै धँवा, धुलो उड्ने ‍खालका पेशा, व्‍यावसाय र निर्माण कार्यहरु केही दिनलाई रोक्‍न र अत्यावश्‍यक नभई सवारी साधन पनि नचलाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार