Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • गैर हाजिर रहेका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर नभए कारबाहीको चेतावनी 


    बुधबार, असार १० २०८३
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आफूखुसी गैर हाजिर भएका १२ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले ९आज० बुधबार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

    गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिनुका साथै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने र कारबाही हुने नेपाल प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार