जनकपुरधाम । नेपाल–भारत खुला सीमा भएका कारण अबैध गतिविधि बढ्दै गएकोमा सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म महिनाथपुर धनुषाले मंगलबार आयोजना गरेको एक कार्यक्रममा खुला सीमाका कारण लागूऔषधको ओसारपसार तथा सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको बक्ताहरुले बताएका छन् ।
लागूऔषध सेवन गर्ने नेपाली युवाहरूका लागि भारत सुरक्षित गन्तव्य बन्दै गरेको र यसलाई निस्तेज पार्न प्रहरी कडाई साथ लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि बेचन दासले बताए । सीमावर्ती भारतमा लागूऔषध सजिलै पाइने भएकाले पनि दुब्र्यसन बढेको उनको भनाइ थियो ।
केही दिनयता मधेस प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषध तस्करी रोक्न सशस्त्र प्रहरी कठोर हुँदै गएको सशस्त्र प्रहरी बल नम्बर ८ गण धनुषाका एसपी भीमबहादुर बिष्टले जानकारी गराएका छन् । उनले सीमावर्ती बजार भारतबाट दैनिक उपभोगका सरसामान ल्याउँदा जनतालाई कुनै अवरोध नगर्न मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरीको व्यवहारबाट बिगत ६ महिनायता नागरिकले कुनै पनि किसिमको दुःख, हैरानी एवं झन्झट झेल्नुनपरेको स्थानीय वडाअध्यक्ष संजय पाण्डेले बताए । उनले जनता र प्रहरीबीचको सम्बन्ध कस्तो हुन्छ त्यो यहाँको गुल्मपतिबाट सिक्नुपर्छ भन्दै डीएसपी सुरेश कोइरालाको प्रशंसा गरेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण मुख्यालय धनुषाको अगुवाइ तथा प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरको आयोजनामा सम्पन्न ‘सीमावासीसँग सशस्त्र प्रहरी तथा Quick Impact Project (QIP) कार्यक्रम’ ले स्थानीय तह, जनप्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणलाई एकै थलोमा ल्याएको छ ।
सीमाबासीसँग सशस्त्र प्रहरी बल एवं क्वीक इम्पेक्ट प्रोजेक्ट कार्यक्रम अन्तर्गत ३० जना बिद्यार्थीलाई शैक्षिक सामग्री र महिनाथपुर भन्सार अगाडि रहेको टेम्पुपार्कमा चौतारा निर्माण एवं चापाकल जडान गरिएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend