जनकपुरधाम । नेपाल–भारत खुला सीमा भएका कारण अबैध गतिविधि बढ्दै गएकोमा सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म महिनाथपुर धनुषाले मंगलबार आयोजना गरेको एक कार्यक्रममा खुला सीमाका कारण लागूऔषधको ओसारपसार तथा सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको बक्ताहरुले बताएका छन् ।
लागूऔषध सेवन गर्ने नेपाली युवाहरूका लागि भारत सुरक्षित गन्तव्य बन्दै गरेको र यसलाई निस्तेज पार्न प्रहरी कडाई साथ लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि बेचन दासले बताए । सीमावर्ती भारतमा लागूऔषध सजिलै पाइने भएकाले पनि दुब्र्यसन बढेको उनको भनाइ थियो ।
केही दिनयता मधेस प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषध तस्करी रोक्न सशस्त्र प्रहरी कठोर हुँदै गएको सशस्त्र प्रहरी बल नम्बर ८ गण धनुषाका एसपी भीमबहादुर बिष्टले जानकारी गराएका छन् । उनले सीमावर्ती बजार भारतबाट दैनिक उपभोगका सरसामान ल्याउँदा जनतालाई कुनै अवरोध नगर्न मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरीको व्यवहारबाट बिगत ६ महिनायता नागरिकले कुनै पनि किसिमको दुःख, हैरानी एवं झन्झट झेल्नुनपरेको स्थानीय वडाअध्यक्ष संजय पाण्डेले बताए । उनले जनता र प्रहरीबीचको सम्बन्ध कस्तो हुन्छ त्यो यहाँको गुल्मपतिबाट सिक्नुपर्छ भन्दै डीएसपी सुरेश कोइरालाको प्रशंसा गरेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण मुख्यालय धनुषाको अगुवाइ तथा प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरको आयोजनामा सम्पन्न ‘सीमावासीसँग सशस्त्र प्रहरी तथा Quick Impact Project (QIP) कार्यक्रम’ ले स्थानीय तह, जनप्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणलाई एकै थलोमा ल्याएको छ ।
सीमाबासीसँग सशस्त्र प्रहरी बल एवं क्वीक इम्पेक्ट प्रोजेक्ट कार्यक्रम अन्तर्गत ३० जना बिद्यार्थीलाई शैक्षिक सामग्री र महिनाथपुर भन्सार अगाडि रहेको टेम्पुपार्कमा चौतारा निर्माण एवं चापाकल जडान गरिएको छ ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend