Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा दुई हप्ता लकडाउन थपियो


    शुक्रबार, बैशाख १९ २०७७
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १९ वैशाख ।  कोरोना भाइरस संक्रमितको ३५ हजार ४३ जना पुगिसकेपछि भारतले लकडाउनको अवधि पुनः २ साता लम्ब्याएको छ । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतले शुक्रबार उक्त निर्णय गरेको हो ।  भारतले देशभरका १ सय ३० जिल्लालाई ‘रेड जोन’ घोषणा गरेको छ । र, पुनः बढाइएको लकडाउनको अवधिमा ती जिल्लामा कुनै छुट दिइने छैन । ‘रेडजोन’ घोषणा गरेका जिल्लाहरुमा लकडाउन कडा गदैृ कोरोना नियन्त्रण गर्ने रणनीति भारतले अँगालेको छ ।

    भारतले ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिने भएको छ । ‘रेड जोन’मा पर्ने क्षेत्रहरुमा दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुर लगायत छन् । उत्तर प्रदेशका १९ जिल्ला पनि रेड जोनभित्र परेका छन् । 

    ‘अरेन्ज जोन’मा परेका २ सय ८४ जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन कायम रहनेछ । यी जिल्लाका हटस्टपबाहेक अन्यत्र केही खुकुलो बनाउने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार