Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा आजैदेखि भौतिक दुरी र मास्क अनिवार्य


    शुक्रबार, चैत्र १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ।

    शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो।

    सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरू राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको स्रोतले बताएकाे छ ।

    शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार