Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुकुरी प्रहर गरि श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ


    शुक्रबार, चैत्र १३ २०७७
    5.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बिराटनगर।प्रहरीले श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    उनलाई बिहीबार पक्राउ गरिएको हो। 

    माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

     घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार