गौर । चीनबाट नेपाल हुँदै अबैध रुपमा भारत लैजान लागेको ९० लाख रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
बुधबार साँझ रौतहटकोे बौधीमाई नगरपालिका–७ बाँडा बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा लुकाइ भण्डारण गरिएको ठूलो परिमाणको फर्सीको बिउ प्रहरीको भन्दा पनि ब्यापारीबीचको आपसी विवादले बरामद भएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार सो नाकाबाट ब्यापार गर्ने धर्मेन्द्र जैसवाललाई मात्र गरुडा एरियाबाट तस्करीको लाइन दिएपछि अरु ब्यापारीले प्रहरी र सशस्त्र प्रहरीलाई गोदाम नै देखाएर बरामद गराएका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिताराम रिजालले बरिष्ठ सई राजेन्द्र गिरीमार्फत् सेटिङ गरी जैसवाललाई मात्र लाइन दिएपछि अरु ब्यापारी रुष्ट भएका थिए ।
फर्सीको बियाँ लुकाएर राखेको जैसवालको गोदाम तिनै ब्यापारीले प्रहरीलाई देखाएपछि बरामद गर्न बाध्य भएको थियो । प्रहरीले घटनास्थलबाट ३ सय २२ बोरा फर्सीको बिउ बरामद गरेको छ । प्रतिबोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम बरामद फर्सीको बिउको प्रतिबोरा २८ हजार रुपैयाँका दरले मूल्यांकन गरी प्रहरीले ९० लाख १६ हजार रुपैयाँ बराबरको बिउ बरामद गरेको जनाएको छ ।
रौतहटका नाकाबाट एसपी रिजालले खटाएका घुमुवा बरिष्ठ सई गिरीकै सेटिङमा फर्सीको बियाँ, चिनियाँ स्याउ, मदिरा लगायतका सामान भारततर्फ तस्करी हुने गरेको छ । भारतबाट कपडा, माछा, किराना सामानको तस्करी हुने गरेको छ ।
उक्त फर्सीको बियाँ बरामदका क्रममा स्थानीय र प्रहरी बीच झडप हुदा ६ जना घाइते भएका छन् थिए ।
दुवै पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास र रबर बुलेट समेत चलाएर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend