रौतहट । रौतहटमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ।
बिहीबार बिहान करिब सवा १० बजे यमुनामाई गाउँपालिका-५ झुनखुनुवास्थित सुन्दर साहको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।
प्रहरीका अनुसार अन्दाजी २४/२५ वर्षीया महिलाको भुसको आगोमा आधा शरीर जलेको अवस्थामा फेला परेको हो।
शरीर जलेको भएकाले उनकाे पहिचान खुल्न सकेकाे छैन ।
ती महिलाको शव पहिचान नखुल्दा हत्या हो वा मृत्यु हो भन्ने खुल्न नसकेको स्रोतले बताएको छ।