काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले गनबहादुर लोप्चन ‘राजु’ र निता तामाङ ‘माया’ लाई ५ सय र १ हजारका नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ ।
नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो । कलंकीबाट ५ सय दरको ९ थान नोट बरामद गरिएको थियो ।
रौतहट घर भइ काठमाडौं कीर्तिपुर बस्दै आएका उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ थान र ५ सय दरको थप ५६ थान नक्कली नोट फेला परेको छ ।
डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका स्रोतले बताएकाे छ ।