काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले जनाको नाम सिफारिस गरेको १८ दिन बितिसक्दा पनि नियुक्ति हुनसकेको छैन ।
जेठ ५ गते समितिले ४ जनाको नाम सिफारिस गरेको थियो । ४७ जना आवेदकमध्येबाट ४ जना छनोट गरी सिफारिस गरेको थियो । छनोटमा परेकाहरुमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन् । यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थमन्त्रालयमा बोलाएको थियो । तर छलफलमा बोलाएको १५ दिन भइसक्दा पनि नियुक्ति हुनसकेको छैन ।
सिफारिस भएका चारै जनाको नाम प्रधानमन्त्री वालेन्द्र शाह र उनको सल्लाहकार टीमले नरुचाएपछि धितोपत्र बोर्डको अध्यक्षको लागि पुनः अर्को समिति गठन हुने स्रोत बताउँछ । धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः अर्को सिफारिस समिति गठन गरी नियुक्ति गर्ने पक्षमा प्रधानमन्त्री कार्यालयको टीम रहेको छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रधानमन्त्री कार्यालयकै कारण रोकिएको स्रोत बताउँछ । धितोपत्र बोर्डजस्तो महत्वपूर्ण नियामक निकायमा प्रधानमन्त्री शाह आफ्नो अनुकूलको ब्यक्तिलाई नियुक्ति गराउने पक्षमा छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ४७ जनामध्येबाट ४ जनाको समितिले सिफारिस गरेपछि ती मध्येबाट नियुक्ति गर्नुपर्ने पक्षमा भए पनि प्रधानमन्त्रीको रुचीको ब्यक्ति नभएकाले नियुक्तिको संभावना टरेको स्रोत बताउँछ । अर्को सिफारिस समितिबाट प्रधानमन्त्रीको रुचीको मानिस सिफारिस गराई नियुक्ति गर्ने तयारी भइरहेको स्रोतको दाबी छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend