Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जर्मनीद्धारा नेपालको विकासका लागि १० मिलियन युरो अनुदान


    बिहिबार, चैत्र १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच  नेपालको विकासका लागि १० मिलियन युरो अनुदान दिने सम्झौता भएको छ ।

    नेपाल र सेइफेरबीच नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने सम्झातौ भएको हो ।

    यसले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने छ ।

    सो सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ । ‘आजको सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको छ,’ नेपालका लागि जर्मनीका राजदूत सेइफेरले भनेका छन् ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार