बाँके । नौबस्ता कारगारमा लागूऔषध बिक्री वितरण गर्ने, सेवन गर्ने र जुवातास खेल्ने क्रम झनै बढेको छ । केही महिनाअघि यस्तै प्रकृतिको भिडियो मिडियामा आएपछि कारगारका जेलर जालन्धर भूसाललाई सरुवा गरिएको थियो । भूसालले उक्त समयमा जेलको प्रशासनले मात्रै सम्पूर्ण अवैध गतिविधिको नियन्त्रण गर्न नसक्ने भन्दै अन्य निकायलाई दोष थुपारेका थिए । अन्ततः कारबाहीस्वरुप सरुवामा परे ।
उक्त समयमा कारागारभित्र हुने अवैध कार्यहरुको भिडियोसहितको समाचार प्रकाशन पश्चात् गृहमन्त्रालयलाई छानबिनमा दबाब परेको थियो । उक्त कारागारमा हाल दलबहादुर बस्नेत जेलरमा सरुवा भएपछि पनि अवैध क्रियाकलाप रोकिएका छैनन् ।
बस्नेत जिल्ला प्रशासन कार्यालय बाँकेबाट सरुवा भएर आएका अधिकृत हुन् । कारागारमा अबैध कामलाई निरन्तरता दिने काम कारागारका चिकित्सक पनि संलग्न भएको भन्दा अझ अर्को आठौं आश्चर्यको विषय बनेको छ । चिकित्सक डा. राजेन्द्र धरालाले औषधिका नाममा लागूऔषध कारागारमा भित्र्याएको कैदी बन्दीहरुको आरोप छ ।
कारागारलाई सुधारगृहका रुपमा लिइन्छ तर, कतिपयले भने कमाउधन्दाको राम्रो स्थानका रुपमा कारागार र कैदीलाई बनाएका छन् । त्यसले गर्दा कारागारमा बन्दीहरु सुध्रिनुको सट्टामा झनै विग्रिएको अवस्था छ । शनिवार साँझ ४ बजे दीपक केसीको समूहले कारागारको बी ब्लकमा कुटपीट गरी दर्जनौं बन्दीलाई सख्त घाइते बनाएको थियो ।
लेनदेनको भागवण्डा नमिलेपछि यसरी झडप भएको हो । घाइतेहरुलाई राति नै अन्य कारागारमा सरुवा गरियो र तर, लागूऔषध विक्री गर्ने, सेवन गर्ने र जुवातास खेल्ने र खेलाउने समूहका नाइकेहरुलाई छानीछानी पुरस्कार दिएर राखिएको छ । कारागारका नायव सुब्बा ज्ञानबहादुर ओलीले चौकीदार दीपक केसीलाई निर्दोष बनाएर उसको समूहलाई त्यहीँ राख्ने प्रपञ्च मिलाएका छन् । जस अनुसार घटनामा प्रत्यक्ष जोडिएका १७ जनालाई सरुवा रोेकेर १० जनालाई मात्रै सरुवा गरिएको छ ।
नौबस्ता कारागारमा यसरी कैदीहरु मदिरा सेवन र जुवातास खेल्ने गर्दछन्
बन्दीहरुले गरेका गैरकानूनी क्रियाकलापमा संलग्न भएको देखिएका भिडियोहरु स्रोतबाट प्राप्त भएका छन् । यसरी गैरकानूनी कामको विरोध गर्नेहरुलाई १७ गते राति दुई बजे घोराही, दाङ, रुपन्देही, कपिलवस्तु, परासीका कारागारमा ४–४ जनाका दरले स्थानान्तरण गरिएको छ । अवस्था तनावग्रस्त भई घाइते भएपछि बी ब्लकका ७५ जना कैदीलाई डी ब्लकमा सारिएको छ । तथापि गैरकानूनी कामगरी बितण्डा मच्चाउने दीपक केसीलगायतका १७ जनाको समूहलाई भने अहिले पनि नौबस्ता कारागारकै बी ब्लकमा जोगाएर राखिएको छ ।
घटनाका योजनाकार दीपक केसीले सिडियो, जिल्लाका एसपी, नायव सुब्बा ज्ञानबहादुर ओली मेरो खल्तीका मान्छेहरु हुन् भनी धाक लगाउने, धम्की दिने गरेको बुझिएको छ । २०८२ साल साउन ५ गते पनि उक्त कारागारमा झडप भएपछि दीपक केसीलाई संरक्षण गरी राखिएको थियो । केसीले मिटरब्याजमा समेत लगानी गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जीसीको कमाण्डमा खटिएको समूहलाई अन्य कैदी बन्दीहरुले मूख्य दोषी देखाउँदा पनि केसीको टीमलाई सरुवा नगरी रोकिएको थियो ।
केसी नेपालगञ्जका चर्चित गुण्डा नाइके रिगल ढकालको समूहका हुन् । तर, झनै निर्दोष कैदी बन्दीहरुमात्रै सजायको भागी बने । यसै विषयमा नौबस्ता कारागारका प्रमुख दलबहादुर बस्नेतले भने–‘कारगारमा तनावग्रस्त त सामान्य रुपमा भइरहन्छ । बाहिर आएजस्तो अवस्था होइन ।’
कारागारको बी ब्लकमा भएको भिडन्तमा को को संलग्न थिए ?
नेपालफेस प्रतिनिधिलाई स्रोतले बताए अनुसार कारागारमा लागूऔषध बिक्री गर्ने, सेवन गर्ने, जुवातास खेल्ने र भागवण्डा गरी खाने काममा ठगी मुद्दाका दीपक केसी, लागूऔषध तथा हातहतियार मुद्दाका गल्छी भन्ने राहुल रविन्द्र थापा, ज्यान मुद्दाका हिमाल डाँगी, हात हतियार मुद्दाका पञ्चे भन्ने प्रकाश बि.क., लागूऔषधका शंकर भन्ने उमाङबहादुर शाही, लागूऔषधका डम्मर थापा, भवीलाल पुन, विकास केसी, मुन्ना भन्ने जगत केसी, वीरेन्द्रमान सिंह, ज्यान मुद्दाका विशाल बस्नेत, बामे भन्ने चुडामणि ओली, लागू औषधका दिपेश सोनाम, जवर्जस्ती करणी र शरीर बन्धक मुद्दाका देवबहादुर खड्का, ज्यान मुद्दाका वीरबहादुर बोहरा छन् ।
कर्तब्य ज्यानमुद्दाका विवेक शाही र अपहरण मुद्दाका थमबहादुर बुढाथोकीलाई कारबाही नगरी थमाएर राखिएका छन् । यसरी उक्त घटनामा संलग्नहरुमध्येका १७ जना जोगाएर १० जनालाई मात्रै बाहिर पठाएका छन् ।
हेर्नुस् नौबस्ता कारागारको अर्को दृश्य
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend