Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तस्करीका नयाँ नयाँ तरिका, धान बोकेको ट्रकमा १ करोड भन्दा बढीको कपडा बरामद


    बिहिबार, चैत्र १२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा। जिल्ला सशस्त्र प्रहरी कार्यालय पर्साले अवैधरूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई पक्राउ गरेको छ ।

    भारतबाट आइसिपीको बाटो हुँदै काठमाडौँ जान लागेको बिआर०६जिबी ४१५६ नंको भारतीय ट्रकलाई आइसिपी गेटनेर जाँच गर्दा धानको बोरामुनि करिब एक करोड मूल्य बराबरको कपडा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी प्रदेश नं २ कार्यालय महोत्तरीले जनाएको छ ।

    उक्त भारतीय ट्रकमा धानको बोरामुनि सटिङसुटिङ, कुर्ता सुरुवाल, साडीलगायतका कपडा रहेको जनाइएको छ ।

    सामानसहित सो ट्रकलाई आवश्यक कारवाहीका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ भने सो ट्रक र सामान काठमाडौँका इन्द्रमलको रहेको बुझिएको छ ।

    ट्रकबाट बरामद गरिएको कपडाको कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्यांकन गरिएको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टङक पाण्डेले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार