Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमानसँगै होटलमा बसेकी महिला मृत भेटिइन्


    बुधबार, चैत्र ११ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । जनकपुरधामको एक होटलमा आफ्नो श्रीमानसँगै बसेकी महिला मृत फेला परेकी छन्।

    धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार रामानन्द चोकस्थित सर्लाही होटल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी म्याग्दीको  ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो।

    श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटरको लाइसेन्स बनाउन जनकपुरधाम आएकी श्रीपाली आज मृत भेटिएको धनुषा प्रहरीले जनाएको छ।

    यस सम्बन्धमा उनका श्रीमान विश्वास श्रीपालीले आफूहरू विगत दुई दिनदेखि बसिरहेको रामानन्द चोकस्थित होटलको पाँचौं तलाबाट गएराति उनले हामफालेर आत्महत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। 

    विश्वास ११ दिन अघिमात्र विदेशबाट फर्केको प्रहरी समक्ष बताएका छन्।

    यता सृजना हाम फालेर आत्महत्या गरेको अथवा कसैले मारेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए।

    घटनाको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको भन्दै प्रहरी भने विभिन्न  कोणबाट अनुसन्धान गरिरहेको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार