काठमाडौं । संवैधानिक परिषदले सिफारिस गरेका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको आज संसदीय सुनुवाइ हुँदैछ ।
शर्माबिरुद्ध परेका उजुरीहरुको सुुनुवाइ गर्न सुनुवाइ समितिको बैठक आज बिहान ८ बजे बस्दैछ ।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीहरू खोल्ने तथा आगामी सुनुवाइ प्रक्रियाको कार्ययोजना तय गर्ने कार्यसूची रहेको छ ।
समितिले वैशाख २६ गते डा. शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। उक्त अवधिमा कुल १६ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ ।
उजुरीकर्तालाई स्पष्ट आधार, तथ्य र प्रमाणसहित निवेदन पेश गर्न १० दिनको समय दिइएको थियो । साथै उजुरी दिने व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो ।
सोमबार उजुरी दर्ताको समयसीमा सकिएसँगै अब समितिले प्राप्त उजुरीमाथि विस्तृत छलफल, अध्ययन र छानबिन प्रक्रिया अघि बढाउने भएको छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष संसदीय सुनुवाइ गरिनेछ ।
डा. शर्मालाई वैशाख २४ गते बसेको संवैधानिक परिषद् बैठकले नेपालको प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend