Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्वारेन्टिन खर्च विषयमा मेयर र अस्पताल प्रमुखबीच चर्काचर्की


    मंगलबार, चैत्र १० २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्सामा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्दा लागेको खर्च वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालसँग मागेको छ ।

    मंगलबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको बैठकमा मेयर विजयकुमार सरावगीले स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्दा महानगरपालिकाले गरेको खर्च अस्पतालले तिर्नुपर्ने भनेपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरसँग चर्काचर्की पर्‍यो ।

    नगर प्रमुख सरावगीले स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको होटल कन्ट्री इन र टाउन हलमा भएकाे खर्च ७२ लाख रुपैयाँ महानगरपालिकाले तिरेको भन्दै उक्त रकम फिर्ता गर्न माग गरे । पटक पटक ताकेता गर्दा पनि फिर्ता नगरेको भन्दै उनले अस्पतालप्रति असन्तुष्टि जनाए ।

    महालेखा परीक्षकले त्यो रकम बेरुजु देखाएको भन्दै उनले अस्पतालमा रकम आइसकेको तर नदिएको गुनासो गरेका थिए । तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले महानगरपालिकालाई पैसा दिनू भनी कुनै निकायले नभनेको जिकिर गरे ।

    ‘पैसा छ भन्दैमा मैले त्यत्तिकै दिन मिल्दैन, नियम कानूनले मिल्यो भने दिने हो कानून बाहिर गएर म जिन्दगीभर जेल जान सक्दिनँ’ उनले भने ।

    मेयर सरावगीले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायसँगको समन्वयमा चैत अन्तिम सातादेखि साउन १८ गतेसम्म स्वास्थ्यकर्मीलाई होटल क्वारेन्टिनमा राख्दा लागेको खर्च महानगरपालिकाले तिरेको बताए । तर अहिले सम्बन्धित निकायसँग समन्वय गरेर रकम दिलाउन मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले पहल नगरेको उनले आरोप लगाए ।

    नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको सरुवा भएपछि भुक्तानीमा समस्या आएको हो । मेसु ठाकुरले महानगरले रकम माग गरेको पत्रसमेत आफूले नपाएको भन्दै पत्र पाएमा माथिल्लो निकायमा पहल गर्ने बताए ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार