Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८० हजार घुस लिने रेन्जर चौधरीविरुद्ध मुद्दा दायर


    मंगलबार, चैत्र १० २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन कार्यालय  कैलालीका रेन्जर राम औतार चौधरीलाई ८० हजार घुस लिएकाे आराेपमा नियन्त्रणमा लिए छ ।

    सव-डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग घुस मागेकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज रेन्जर राम औतार चौधरीलाई नियन्त्रणमा लिइ मुद्दा  दायर  गरेकाे हाे ।

    उक्त रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद रानालाई सेवाग्राहीसँग रु. ८०,०००।–  (असी हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार