Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ब्रेन ट्युमरका बिरामीलाई पोर्चुगलबाट आर्थिक सहयोग


    मंगलबार, चैत्र १० २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाका १७ वर्षीय ब्रेन ट्युमरका बिरामी दीपक परियारको उपचारका लागि पोर्चुगलका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

    घरको आर्थिक अवस्था कमजोर भई छोराको उपचार गर्न कठिनाइ भएकाले पितामाता रामबाबु दमाईं र अमृता परियारले छोरालाई बचाउनका लागि सार्वजनिक अनुरोध गरेपछि बेलकोट–१३ का वडा सदस्य विकास पाण्डेका अनुरोधमा पोर्चुगलमा कर्मथलो बनाउँदै आएका राम सिलवालका सक्रियतामा ५५ हजार रुपैयाँ नेपाली समुदायको सहयोगमा संकलन  गरिएको हो ।  

    वडा समिति सदस्य पाण्डेले संकलित रकम बिरामीका बुवा रामबाबुका घरमा पुगी हस्तान्तरण गर्दै पीडित परियारको स्वास्थ्य लाभको कामना गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार