Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याको १ लाख ६० नाघ्यो


    मंगलबार, चैत्र १० २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।

    सोही अवधीमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ४५ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ८१ हजार २५३ जना संक्रमणमुक्त भएका छन् ।

    भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ८० लाख भन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ५० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । सोमबार एकै दिनमा १० लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार