Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्कुल बस दुर्घटना हुदाँ दुईको मृत्यु, १५ घाइते


    मंगलबार, चैत्र १० २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङको तुलसीपुरस्थित ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

    दुर्घटनामा परेर तुलसीपुर–१६ की अस्मिता बस्नेत र किरण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    दाङको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस ब्रेक फेल भई सरैयामा दुर्घटना भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार